‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई कति ?
सोमबार, १० मङ्सिर २०८१, ११ : ३२

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को व्यवसाय अझै रोकिएको छैन । फिल्म आज सोमबार २६ औँ दिनमा प्रदर्शनरत छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले २४ दिन अर्थात शनिवारसम्मको आम्दानी सार्वजनिक गरेको छ । जसमा फिल्मले ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको छ ।
फिल्मको आइतबारको आम्दानी पनि राम्रो रहेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले बताए । फिल्मले शनिवार १ करोड ८० लाख ग्रस र आइतबार पनि त्यही हाराहारीको कमाई गरेको बताएको छ ।
सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने लगायतको अभिनय छ । फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने सङ्घर्ष र त्यागको कथा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती