सेयर बजार
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति
सोमबार, १० मङ्सिर २०८१, १० : ४५
![पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति](https://rpcdn.ratopati.com/media/albums/Dhitopatra_Dq895FJmzY.jpg)
काठमाडौँ । झण्डै पाँच महिनापछि धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको छ । आइतबार बोर्डले गार्डियन लाइफ इन्स्योरेन्सको २२ करोड ५० लाख कित्ता शेयर निष्कासनका लागि अनुमतिपत्र प्रदान गरेको हो ।
यसअघिका अध्यक्ष रमेश हमालले अघिल्लो वर्ष पुस १९ सम्म विभिन्न कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । हमालको अवकाशपछि आईपीओ निष्कासन प्रक्रिया रोकिँदै आएकोमा असारमा रिलायन्स स्पिनिङ मिललाई प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति दिइएको थियो ।
तर, संसद्को सार्वजनिक लेखा समितिको निर्देशनसँगै सो आईपीओ निष्कासन रोकिएको छ । अहिले भने अंकित मूल्यमै निष्कासन गर्नेगरी स्वीकृति दिइएको हो ।
अहिले धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ । १० महिनादेखि रोकिएको आईपीओ प्रक्रिया नयाँ अध्यक्ष आउने मुखमा अनुमति दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)