क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताका लागि क्रिकेट सपना र गौरव बनेको बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले क्रिकेटले खेलकुदमा नयाँ जाँगर पैदा भएको समेत बताए ।
‘नेपाली क्रिकेट इतिहासको विशाल अनि उमङ्गमय पर्व एनपीएलले हाम्रा खेलाडीहरूको सपना र आगामी पुस्ताका लागि प्रेरणा प्रदान गर्दछ’, प्रधानमन्त्रीले भने, ‘विश्वभरि छरिएर रहेका हाम्रा क्रिकेट प्रेमीहरुमात्र होइन अहिलेको पुस्ताले नेपाली खेलाडीहरूको मेहनत र सफलतालाई गौरवका साथ अङ्गालेका छन् ।’
उनले क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेकोभन्दै यो केवल खेलमात्र नभई राष्ट्रिय जागरूकता र अनुशासनको प्रतीक बनेको पनि बताए ।
आजको दिन खेलकुद क्षेत्रका लागि विशेष महत्त्वपूर्ण र ऐतिहासिक दिन भएको भन्दै उनले ऐतिहासिकस्थल धरहराबाट क्रिकेटको नयाँ सपना उजागर भएको धारणा राखे ।
ओलीले सम्बोधनका क्रममा एनपीएलमा सहभागी टिमका कप्तानको नाम नै लिएर प्रशंसासमेत गरेका थिए । उनले विश्वकप खेलेका खेलाडी नेपालको एनपीएलमा सहभागी हुनु गौरवको विषय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको अफवाहबिच मनिष मल्होत्राको घरमा किन पुगे तमन्ना–विजय ?
-
धितोपत्र बोर्ड अध्यक्षमा सिफारिस भएकाहरू को कस्तो ?
-
आइतबार शुल्क तिरेर ६६३ जनाले चढे धरहरा
-
एनिमल र सञ्जूमाथि पाएको आलोचनाबारे रणबीर कपूरले के भने ?
-
माछाको आयात प्रतिस्थापनमात्र होइन, निर्यात गर्ने लक्ष्य
-
महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र