सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री

सोमबार, १० मङ्सिर २०८१, १० : ०७
सोमबार, १० मङ्सिर २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताका लागि क्रिकेट सपना र गौरव बनेको बताएका छन् । 

नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफ अनावरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले क्रिकेटले खेलकुदमा नयाँ जाँगर पैदा भएको समेत बताए । 

‘नेपाली क्रिकेट इतिहासको विशाल अनि उमङ्गमय पर्व एनपीएलले हाम्रा खेलाडीहरूको सपना र आगामी पुस्ताका लागि प्रेरणा प्रदान गर्दछ’, प्रधानमन्त्रीले भने, ‘विश्वभरि छरिएर रहेका हाम्रा क्रिकेट प्रेमीहरुमात्र होइन अहिलेको पुस्ताले नेपाली खेलाडीहरूको मेहनत र सफलतालाई गौरवका साथ अङ्गालेका छन् ।’

उनले  क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेकोभन्दै यो केवल खेलमात्र नभई राष्ट्रिय जागरूकता र अनुशासनको प्रतीक बनेको पनि बताए । 

आजको दिन खेलकुद क्षेत्रका लागि विशेष महत्त्वपूर्ण र ऐतिहासिक दिन भएको भन्दै उनले ऐतिहासिकस्थल धरहराबाट क्रिकेटको नयाँ सपना उजागर भएको धारणा राखे । 

ओलीले सम्बोधनका क्रममा एनपीएलमा सहभागी टिमका कप्तानको नाम नै लिएर प्रशंसासमेत गरेका थिए । उनले विश्वकप खेलेका खेलाडी नेपालको एनपीएलमा सहभागी हुनु गौरवको विषय भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप