पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश

पोखरा । पोखरा महानगरपालिकाले हटाएका २८ जना प्राविधिकहरु महानगरको निर्णय विरुद्ध उच्च अदालत पोखरा पुगेका थिए । २०७४ सालअघिका ३ जनाले कात्तिक २७ गते रिट दिएका थिए भने बाँकी कर्मचारीले मंसिर ५ गते मुद्दा दिए ।
उनीहरुको रिटउपर न्यायाधीशद्धय मिलनकुमार राई र उमेश कोइरालाको इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । महानगरपालिकाले राजनीतिक पूर्वाग्रहका आधारमा नियमित काम गरिरहेका प्राविधिक हटाउने काम गरेको उनीहरुको आरोप थियो ।
केही समय महानगर परिसरमा प्रदर्शन पनि गरे । तर अदालतले महानगरको कार्यपालिका निर्णयलाई सदर गरिदिएको छ । योसँगै उनीहरुको महानगर फर्किने बाटो बन्द भएको छ । पोखराको ३७ औं कार्यपालिका बैठकबाट २८ प्राविधिक र ७ जना शिक्षिका तथा सामाजिक परिचालिकालाई मंसिर १ देखि विदा गर्ने निर्णय गरेको थियो ।
उक्त बैठक एमालेले बहिष्कार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ टोली काठमाडौँमा
-
कसरी सम्भव छ एनआरएनएको एकता महाधिवेशन ?
-
अनलाइन टिभी पत्रकार सङ्घको 'सदस्यता सप्ताह' सुरु
-
डोल्पाको ठुली भेरीमा चल्यो नगरबस, प्रदेश राजधानी वीरेन्द्रनगरमा छैन सुर
-
सहजपुर–बोगटान सडक निर्माण सम्पन्न, योजना कार्यालय खारेज
-
समाजवादी मोर्चाले आज विरोधका कार्यक्रम घोषणा गर्ने