प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
सोमबार, १० मङ्सिर २०८१, १४ : ००

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका आठ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा ध्रुबराज राउत छन् । यस्तै, भोला बहादुर रावल गणेश चन्द सिद्धि विक्रम शाह चतुर्वेदी हिमालयकुमार श्रेष्ठ र डम्बर बहादुर बिक लाई बढुवाका लागि सिफारिस गरिएको छ।
राउत, रावल र चन्द प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याचमेट हुन्।