१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ-
१. प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे छलफल गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका विषयमा छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्ने भएका हुन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने जनाइएको छ ।
२. ठूला आयोजना निर्माणमा ढिलाई
सरकारले अघि सारेका अधिकांश ठूला आयोजना लामो समयदेखि उल्झनमा परेका छन् । कतै बजेट अभाव, कतै मुआब्जा तथा जग्गा प्राप्ति मै समस्या हुँदा ठूला आयोजना निर्माणले गति लिन नसकेको हो । यद्यपि, सरकारले यस्ता समस्या पहिचान गरी आयोजनाहरूलाई समयमै निर्माण सम्पन्न गराउने दिशामा प्रगति हासिल गर्न सकेको देखिँदैन । यसै सम्बन्धमा रातोपाटीले तयार पारेको यो रिपोर्ट हेर्नुहोस्,
३. मधेस सरकारको नेतृत्व फेर्न कसरत
जनमत पार्टी नेतृत्वको मधेस सरकारको काम कारबाही सन्तोषजनक नभएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू मुख्यमन्त्री परिवर्तनको चलखेलमा लागेका छन् । नेपाली कांग्रेसका नेताले मधेस सरकारको नेतृत्व फेरिने बताउँदै हिँडेका हुन् ।
४. रवि लामिछानेको हिरासत बसाइ लम्बिँदै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासत बसाइ लम्बिँदै गएको छ । आइतबार कास्की जिल्ला अदालतले लामिछानेको हिरासत बसाइ थप १५ दिन लम्ब्याएको छ । प्रहरीले म्याद थपका लागि अदालतमा पेस गरेकोमा कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । उनी सहकारी रकम हिनामिना सम्बन्धी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहँदै आएका छन् ।
यसैबीच, हकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा अनुसन्धानको क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जीवी राईलाई पक्राउ गर्न आफूले मलेसियाका गृहमन्त्रीसँग २ पटक कुराकानी गरेको बताएका छन् । आइतबार जिल्ला अदालतमा बयान दिने क्रममा उनले जीवी राईलाई पक्राउ गर्नुपर्ने कुरामा आफू नै सबैभन्दा बढी काम गर्ने जनप्रतिनिधि भएको जिकिर गरे ।
५. बालेनको पत्र बुझ्न मानेन एमालेले
काठमाडौँ महानगरपालिकाको निर्देशनमा एक लाख रुपैयाँ जरिवाना गरिएको नेकपा एमालेले त्यस सम्बन्धी जानकारीका लागि औपचारिक रूपमा जानकारी दिन पठाइएको पत्र बुझ्न अस्वीकार गरेको छ । पार्टी कार्यालय च्यासलमा महानगरपालिकाको टोली आइतबार पत्र लिएर गए पनि एमालेले बुझ्न अस्वीकार गरेको हो ।
६. दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद ५ दिन थपेकी हुन् ।
७. शनिबार क्यानडाबाट आएका थिए सिनामंगलमा मृत भेटिएका दम्पती
काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित होटल जन्मभूमिको चौथो तलामा मृत भेटिएका दुई जना दम्पती रहेको पुष्टि भएको छ । सुनसरीको दुहबी घर भएका ३४ वर्षीय रमेश माझी र २९ वर्षीया शर्मिला श्रीमान्–श्रीमती भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनीहरू आइतबार मृत फेला परेका हुन् । मंसिर ८ गते शनिबार बिहान कतार एयरलाइन्सको उडानमार्फत उनीहरू क्यानडाबाट काठमाडौँ आएका हुन् ।
८. महिलाको शव बोकेर हिँडेका युवक पक्राउ
काठमाडौँको कालिमाटीमा महिलाको शव बोकेर हिँडेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भएका २२ वर्षीय कविन्द्र बोहरा छन् ।
९. कोशीका पूर्वमन्त्री जोडिएको काण्डको अनुसन्धान प्रतिवेदन बुझाइयो
कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन र लिखत किर्ते मुद्दाको अनुसन्धान सकिएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
१०. अब धरहरा चढ्न शुल्क
आजदेखि सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ ।
११. नेपाल–चीनबिच भएका विभिन्न सहमति अलपत्र
नेपाल र चीनबिच विभिन्न समयमा अनेकौँ सहमति भएका छन् । तर ती सहमति कार्यान्वयन तहमा भने निकै कमजोर देखिएका छन् । पुराना सहमति नै कार्यान्वयन हुन नसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा के एजेण्डा अघि सार्ने भन्नेबारे नै अन्योल देखिएको छ ।
१२. फिलिपिन्सको राजधानीमा भीषण आगलागी
फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन् । मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले पत्रकारहरुलाई बताएअनुसार मनिलामा बिहान भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला लिगको फाइनल राउण्डमा आर्मीको सुखद सुरुवात
-
जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
-
कानुन निर्माणलाई तीव्रता दिने कसरतमा सत्तारुढ दल
-
समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि भरत थापाको नेतृत्वमा समिति गठन
-
कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच डेढ घण्टा वार्ता