कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध

काठमाडौँ । नेपाल वायु सेवा निगमले विमान चालकहरुलाई कुनै पनि उडान प्रभावित नगर्न अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै निगमले चालकहरुलाई सो आग्रह गरेको हो ।
निगममा कार्यरत पाइलटहरुको सेवा सुविधा बढाउने सम्बन्धमा निगम व्यवस्थापनको तर्फबाट विभिन्न चरण र मितिहरुमा आवधिक जानकारी गराइराखिएको जनाउँदै निगमले यस सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र सचिवसमेत निरन्तर लागिपरिरहनुभएको जनाएको छ ।
सो विषयमा आइतबार निगमका कार्यकारी अध्यक्षले आफ्नो सचिवालय र बजार व्यवस्थापन विभागका निर्देशकसहित अर्थमन्त्री र पर्यटनमन्त्रीसँग छलफल गरेको गर्नुभएको निगमले जनाएको छ । छलफलमा चालकहरुका (क्याबिन क्रु) मागका सम्बन्धी अर्थमन्त्री सकारात्मक रहनुभएको र पर्यटनमन्त्रीले समस्या समाधानका लागि पहल गरिरहनुभएको सूचना जनाइएको छ ।
पाइलटहरुले नियमति उडान नगर्दा निगमलाई आर्थिक नोक्सानी मात्र नभई निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको बताउँदै यसलाई निगम व्यवस्थापनले गम्भीर रुपमा लिएको र निगमलाई पर्ने आर्थिक लगायत सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमाअनुसार हुने समेत सूचनामा भनिएको छ । निगमका क्याबिन क्रुहरुले विगत केही महिनादेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु