१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
आज २०८१ मंसिर ९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा रवि लामिछानेको हिरासत बसाइ लम्बिँदै, बालेनको पत्र बुझ्न मानेन एमालेले, दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति, लामो समयदेखि अल्झिरहेका छन् ठुला आयोजना, शनिबार क्यानडाबाट आएका थिए सिनामंगलमा मृत भेटिएका दम्पती, शनिबार क्यानडाबाट आएका थिए सिनामंगलमा मृत भेटिएका दम्पती, महिलाको शव बोकेर हिँडेका युवक पक्राउ लगायत छन् ।
१. रवि लामिछानेको हिरासत बसाइ लम्बिँदै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासत बसाइ लम्बिँदै गएको छ । आइतबार कास्की जिल्ला अदालतले लामिछानेको हिरासत बसाइ थप १५ दिन लम्ब्याएको छ । प्रहरीले म्याद थपका लागि अदालतमा पेस गरेकोमा कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । उनी सहकारी रकम हिनामिना सम्बन्धी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहँदै आएका छन् ।
२. बालेनको पत्र बुझ्न मानेन एमालेले
काठमाडौँ महानगरपालिकाको निर्देशनमा एक लाख रुपैयाँ जरिवाना गरिएको नेकपा एमालेले त्यस सम्बन्धी जानकारीका लागि औपचारिक रूपमा जानकारी दिन पठाइएको पत्र बुझ्न अस्वीकार गरेको छ । पार्टी कार्यालय च्यासलमा महानगरपालिकाको टोली आइतबार पत्र लिएर गए पनि एमालेले बुझ्न अस्वीकार गरेको हो ।
३. दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद ५ दिन थपेकी हुन् ।
४. लामो समयदेखि अल्झिरहेका छन् ठुला आयोजना
सरकारले अघि सारेका ठुला विभिन्न आयोजना लामो समयदेखि अल्झिँदै आएका छन् । कतै बजेट अभाव, कतै मुआब्जा तथा जग्गा प्राप्तिमै समस्या हुँदै आएको छ । यद्यपि, सरकारले यस्ता समस्या पहिचान गरी आयोजनाहरूलाई समयमै निर्माण सम्पन्न गराउने दिशामा प्रगति हासिल गर्न सकेको देखिँदैन । यसै सम्बन्धमा रातोपाटीले तयार पारेको यो रिपोर्ट हेर्नुहोस्–
५. शनिबार क्यानडाबाट आएका थिए सिनामंगलमा मृत भेटिएका दम्पती
काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित होटल जन्मभूमिको चौथो तलामा मृत भेटिएका दुई जना दम्पती रहेको पुष्टि भएको छ । सुनसरीको दुहबी घर भएका ३४ वर्षीय रमेश माझी र २९ वर्षीया शर्मिला श्रीमान्–श्रीमती भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनीहरू आइतबार मृत फेला परेका हुन् । मंसिर ८ गते शनिबार बिहान कतार एयरलाइन्सको उडानमार्फत उनीहरू क्यानडाबाट काठमाडौँ आएका हुन् ।
६. महिलाको शव बोकेर हिँडेका युवक पक्राउ
काठमाडौँको कालिमाटीमा महिलाको शव बोकेर हिँडेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भएका २२ वर्षीय कविन्द्र बोहरा छन् ।
७. कोशीका पूर्वमन्त्री जोडिएको काण्डको अनुसन्धान प्रतिवेदन बुझाइयो
कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन र लिखत किर्ते मुद्दाको अनुसन्धान सकिएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
८. अब धरहरा चढ्न शुल्क
आजदेखि सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ ।
९. मधेस सरकारको नेतृत्व फेर्न कसरत
जनमत पार्टी नेतृत्वको मधेस सरकारको काम कारबाही सन्तोषजनक नभएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू मुख्यमन्त्री परिवर्तनको चलखेलमा लागेका छन् । नेपाली कांग्रेसका नेता मधेस सरकारको नेतृत्व फेरिने बताउन थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’