प्रहरीका २२९ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस (सूचीसहित)
आइतबार, ०९ मङ्सिर २०८१, २१ : ०४

काठमाडौँ । प्रहरीको जनपद समूहतर्फका वरिष्ठ हवलदारहरूलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा गर्न सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले २२९ जना वरिष्ठ हवलदारहरूलाई असईमा बढुवा गर्न सिफारिस गरेको हो ।
सिफारिस सूचीको पहिलो नम्बरमा पूर्ण बहादुर तामाङ छन् ।
सिताराम खत्री, प्रेम बहादुर बुढा, मनरुप नाथ योगी, अजय कुमार यादव र पप्पु कुमार यादवसहित २२९ जना बढुवा सिफारिस भएका हुन् ।