भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
![भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता](https://npcdn.ratopati.com/media/news/ss_dTSZ98IsSc.jpg)
काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा उनकी श्रीमती सुनिता द्विवेदी नेपालको पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उनकी धर्मपत्नीले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणका क्रममा जनरल द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा आएका जनरल द्विवेदीले प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । उनले शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हेडक्वाटरको भ्रमणका साथै मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउन्टेन फ्लाइटमार्फत विभिन्न हिमालको अवलोकनसमेत गरे ।
यस भ्रमणले दुई देशबिच रहँदै आएको सौहाद्र्रपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादास्पद अभिव्यक्तिका कारण ‘इन्डियाज गट् लेटेन्ट’को एपिसोड युट्युबमा ब्लक
-
नेपाल अडिटर्स एसोसिएसनको सातौँ महाधिवेशनको मिति तोकियो
-
पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन
-
धम्की नदिन कृष्णमूर्तिलाई पोखराका वडाध्यक्षको चेतावनी
-
सम्बन्धविच्छेदको मुद्दा टुंगिएसँगै एलिनाले लेखिन्– प्रिय विष्णु हाम्रो सम्बन्ध अल्पायु मै पूर्णविराम लाग्यो
-
डोरीलाई सर्प भनेर सन्देश दिनु गलत : रिजाल