शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?

आइतबार, ०९ मङ्सिर २०८१, १९ : ५७
आइतबार, ०९ मङ्सिर २०८१

काठमाडौँ । बिहान उठ्ने बित्तिकै कतिपय मानिसको पहिलो काम दाँत माझ्ने हुन्छ । दाँतलाई चम्किलो बनाउन केही त दाँतमा ब्रसले जोडसँग रगड्ने गर्छन् । 

कहिले माथि, कहिले तल, कहिले दायाँ, कहिले बायाँ घुमाउँछन् । तर, के यो ब्रस गर्ने सही तरिका हो त ? दैनिक ब्रस गर्ने अधिकांश मानिसलाई दाँत माझ्ने सही तरिका के हो र एक पटकमा कति समयसम्म ब्रस गर्नुपर्छ भन्ने नै थाहा छैन । यति मात्रै होइन ? कुन प्रकारको टूथपेस्ट दाँतका लागि उपयुक्त छ भन्ने कुरा पनि थाहा हुन्न धेरैलाई ।

दाँत माझ्ने सही तरिका र टूथपेस्ट चयन

दाँत माझ्ने सही तरिका अलि जटिल छ । ब्रस गर्दा गिजा सफा भएको छ भन्ने कुरामा ध्यान दिनुपर्छ । तर यो सामान्य जनताका लागि यो अलि गाह्रो हुन्छ । यसका लागि व्यावसायिक तालिम प्राप्त व्यक्तिहरूले मात्रै यो काम सजिलैसँग गर्न सक्छन् । यसो गर्ने क्रममा हामी कहिलेकाहीँ गिजामा चोट पनि पुरयउँछौं । हामी दाँत माझ्न व्यावसायिक तालिम त लिन सक्दैनौँ । तर दाँत माझ्ने क्रममा केही कुरालाई ध्यानमा राख्यौँ भने यो काम अलि सहज हुन सक्छ । जुन यस प्रकार छन्:

–ब्रस गर्दा आफ्नो हात दायाँबाट बायाँतिर न सर्नुहोस् । यसको मतलब तपाईँको ब्रस गर्ने चाल दाँतमा तेर्सो हुनु हुँदैन ।

–ब्रस गर्दा हातलाई माथिबाट तलतिर सार्नुहोस् । माथि र तल सार्दा दाँत राम्रोसँग सफा हुन्छ ।

– माथि र तल र गोलाकार गतिमा ब्रस गर्नुहोस् ।

कति समयसम्म गर्नुपर्छ ब्रस ?

धेरै मानिसहरू लामो समयसम्म दाँत माझ्ने गर्छन् । यस क्रममा दाँतलाई राम्ररी सफा गर्न केही बल पनि लगाइन्छ । तर यो विधि गलत छ । दाँत बढीमा दुई मिनेटसम्म सफा गर्नुपर्छ । यो डेन्टिष्टहरूले सिफारिस गरेको समय हो । योभन्दा लामो समयसम्म दाँत माझ्दा हानी हुन सक्छ । दुई मिनेटमा राम्ररी ब्रस गर्नाले सबै दाँत सफा हुन्छन् । धेरै बेरसम्म ब्रस गर्दा गिजा उठ्न सक्छ । यसलाई ‘गम रिसेशन’ भनिन्छ ।

उपर्युक्त ब्रसको चयन

ब्रसिङका लागि सही ब्रस छनौट गर्नु पनि महत्त्वपूर्ण छ । धेरै मानिसले कडा ब्रस रोज्छन् तर ब्रस जति कडा भयो त्यति नै यसले दाँतलाई हानि पुर्‍याउँछ । ब्रस गर्नका लागि ठिक्क खालको नरम ब्रसको प्रयोग गर्नुपर्छ । ब्रसको अवस्था हेरेर अझै कति दिन टिक्ने हो भन्ने निर्णय गर्नुपर्छ । ब्रिस्टल धेरै फैलिएको ब्रस धेरै समयसम्म प्रयोग गर्नु हुन्न । एउटा ब्रसलाई बढीमा तीन महिनासम्म मात्र प्रयोग गर्नुपर्छ ।

यस्तो दन्त मञ्जन छान्नुहोस्

एब्रेसिभ कन्टेनट कम भएको दन्त मञ्जन छान्नुपर्छ । जुन दन्त मञ्जनमा एब्रेसिभ हुन्छन्, त्यसलाई पनि पनि प्रयोग गर्नु हुँदैन । यस बाहेक दाँतमा कोइला वा नुनले पनि रगड्नु हुँदैन । आयुर्वेदिक पेस्टले पनि दाँतलाई हानि पुर्‍याउँछ । यस्ता सामाग्रीको प्रयोग गर्दा सोचेर विचार गरेर मात्रै गर्नुपर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप