चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता

काठमाडौँ । चार महिनामा २४२ उद्योग दर्ता भएका छन् भने करिब ४१ अर्ब बराबरको विदेशी लगानीको प्रस्ताव आएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा स्वदेशी तथा विदेशी गरी २४२ वटा उद्योग दर्ता भएका हुन् ।
यस अवधिमा ४० अर्ब ९६ करोड बराबरको प्रस्ताव आएको उद्योग विभागका महानिर्देशक राजेश्वरप्रसाद ज्ञवालीले जानकारी दिए ।
यस अवधिमा २६३ लगानीका प्रस्ताव स्वीकृत भएका छन् । जसमध्ये अनुमोदन प्रणालीबाट १५४ वटा लगानी स्वीकृत भएका छन् । स्वचालित प्रणालीबाट १०९ वटा विदेशी लगानी स्वीकृत गरिएका छन् ।
यसैगरी अनुमोदन प्रणालीबाट प्रस्ताव स्वीकृत हुँदा १७ अर्ब ३ करोड प्रस्तावित विदेशी लगानी आएको छ । स्वचालित प्रणालीबाट १ अर्ब ६२ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ ।
विदेशी लगानी परियोजनाहरूमा ७ हजार ६६७ रोजगारीका प्रस्ताव आएका छन् भने कुल ११ हजार ७८१ रोजगारका लागि प्रस्ताव आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा