समाचार
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते
आइतबार, ०९ मङ्सिर २०८१, १९ : ३२
काठमाडौँ । ललितपुर महानगरपालिका–२ स्थित सानेपामा भारतीय नम्बरको ट्रकले चारवटा गाडीलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर दुईजना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
भारतीय नम्बर युपी–४० टि–८१६२ ले ट्रकले सुरुमा बागमती–बिएए–५१४० नम्बरको निजी कारलाई ठक्कर दिएको थियो । सो कारको पछाडि सिटमा सवार दुईजना घाइते भएका छन् । त्यसपछि सो गाडी एकान्तकुनाबाट बल्खु जाँदै गरेका बा.२ ज २६१ नम्बरको ट्याक्सी, बा २० च ४२६२ नम्बरको कार, र बा९च ९३०३ नम्बरको निजी कारमा ठोक्किएको थियो ।
दुर्घटना गराउने ट्रकका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । घाइतेहरूको स्टार अस्पताल र बिएण्डबीमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको १३ दिन : सरकार र शिक्षक दुवै नैतिक दबाबमा
-
बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महिनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला ?
-
मन्त्री गुरुङद्वारा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ को उद्घाटन
-
निलम्बित न्यायाधीश गिरीलाई सफाइ दिन अदालतले लिएका ५ आधार
-
अशोक शर्माको ‘डबल ट्रिपल’ को प्रदर्शन मिति परिवर्तन
-
लगातार ५ खेल हारेको चेन्नई लखनउविरुद्ध पुनरागमन गर्ने आशमा