सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

चार महिनामा १० अर्बको खाद्यान्न आयात

आइतबार, ०९ मङ्सिर २०८१, १९ : २६
आइतबार, ०९ मङ्सिर २०८१

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन, भदौ, असोज र कार्तिक गरी चार  महिनामा १० अर्ब ९४ करोड ३६ लाख १३ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात भएको हो ।

यस्तै सो चार महिनामा १ करोड १० लाख रुपैयाँको मात्रै खाद्य वस्तु निर्यात गरिएको छ । चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब ९३ करोड रुपैयाँ बराबरको नेपालले खाद्यान्नमा व्यापार घाटा व्यहोरेको छ ।

यस्तै, सो कारोबारबाट सरकारले ९८ करोड ६६ लाख ४१ हजार राजस्व संकलन गरेको विभागको तथ्यांकमा उल्लेख छ । यी खाद्यान्न चीन, भारत, ब्राजिल, थाइल्याण्ड लगायत मुलुकबाट आयात हुन्छ । यहाँबाट, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्य वस्तु आयात हुने विभागको तथ्यांकमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप