दुर्गा प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन
आइतबार, ०९ मङ्सिर २०८१, १८ : ०१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न अदालतले निर्देशन दिएको छ । काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश कमला पौडेलले अनुसन्धान अधिकृतलाई निर्देशनात्मक आदेश दिएकी हुन् ।
आइतबार म्याद थपका लागि उपस्थित गराइएका प्रसाईँले इजलासमा आफू क्यान्सरको बिरामी भएको भन्दै अस्पताल जान पाउनुपर्ने बताएका थिए । उनका कानुन व्यवसायीले पनि त्यसबारे केन्द्रीय भएर बहस गरेका हुन् ।
न्यायाधीश पौडेलले गरेको आदेशमा भनिएको छ, ‘सम्बन्धित चिकित्सकसँग समन्वय गरेर उचित उपचारको प्रबन्ध गर्नु ।’
अदालत उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । साइबर ब्यूरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान गर्न १० दिनको म्याद मागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण