बीआरआई अनुदान वा सहुलियत ऋणमा लिनुपर्छ भन्ने पार्टीको धारणा हो : सांसद खनाल
आइतबार, ०९ मङ्सिर २०८१, १७ : २४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’(बीआरआई) प्रोजेक्टको विषयमा पार्टीको आधिकारिक मार्ग अनुदान नै भएको जानकारी दिएको छ ।
पार्टी सांसद तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका शिशिर खनालले बीआरआईको विषय पार्टीको आधिकारिक लाइन तथा प्राथमिकता अनुदान नै भएको बताए । आइतबार रातोपाटीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।
‘बीआरआईमा पार्टीको लाइन भनेको यस्ता परियोजना ग्रान्टमा लिने भन्ने हो‚’ खनालले रातो पाटीसँग भने । उनले ग्रान्डमा नभए एडीपी‚ वर्ल्ड बैङ्क जस्ता दातृ निकायले सहुलियतमा दिने ऋण भए मात्र स्विकार्नुपर्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी भइरहँदा बीआरआई पनि चर्चामा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव, १ बजेसम्म १७४० मत खस्यो
-
चित्रबहादुरले निर्मल निवास भन्नुपर्नेमा शीतल निवास भनेपछि...
-
सांसद राणा पक्राउ परेको सदनमा जानकारी
-
राप्रपा नेताहरूलाई रिहा गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरू
-
राजावादी समूह आक्रामक हुँदै गएपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
भूकम्प पीडित म्यानमारलाई नेपाल सरकारले सहयोग गर्ने