आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

बीआरआई अनुदान वा सहुलियत ऋणमा लिनुपर्छ भन्ने पार्टीको धारणा हो : सांसद खनाल

आइतबार, ०९ मङ्सिर २०८१, १७ : २४
आइतबार, ०९ मङ्सिर २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’(बीआरआई) प्रोजेक्टको विषयमा पार्टीको आधिकारिक मार्ग अनुदान नै भएको जानकारी दिएको छ । 

पार्टी सांसद तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका शिशिर खनालले बीआरआईको विषय पार्टीको आधिकारिक लाइन तथा प्राथमिकता अनुदान नै भएको बताए । आइतबार रातोपाटीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । 

‘बीआरआईमा पार्टीको लाइन भनेको यस्ता परियोजना ग्रान्टमा लिने भन्ने हो‚’ खनालले रातो पाटीसँग भने ।  उनले ग्रान्डमा नभए एडीपी‚ वर्ल्ड बैङ्क जस्ता दातृ निकायले सहुलियतमा दिने ऋण भए मात्र स्विकार्नुपर्ने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी भइरहँदा बीआरआई पनि चर्चामा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप