परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन
आइतबार, ०९ मङ्सिर २०८१, १६ : ३४
काठमाडौँ । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।
परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । यसअनुसार आगामी वार्षिक साधारण सभापछि पाण्डे स्वतः परिसंघको अध्यक्ष बन्नेछन् ।
२०७२ सालदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष थिए ।
सिभिल इन्जिनियरिङ, आवास, सहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दक्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । उनी हरित सामाग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशप्रति नेकपा बहुमतको कडा आपत्ति
-
त्रिकोणात्मक शृङ्खला : नाटकीय पतनपछि नेपालको लगातार तेस्रो हार
-
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : मन्त्री गुरुङ
-
राष्ट्रियसभा बैठकमै सांसद भट्ट अस्वस्थ भएपछि...
-
७० अंकले बढ्यो नेप्से, करिब १३ अर्बको कारोबार
-
डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुखसहित पाँच जना पक्राउ