महाराष्ट्रमा ईभीएम ह्याक भएर हामीले हारेका हौँ : कंग्रेस नेता

नयाँ दिल्ली । महाराष्ट्रको चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुती गठबन्धनले भारी बहुमत प्राप्त गरेको छ । गठबन्धन २२६ सिटमा अगाडि छ । यहँ भाजपा सबैभन्दा ठुलो दल बनेको छ ।
योसँगै महाविकास अघाडी गठबन्धनले नराम्रो हार बेहोरेको छ । यसको विपरित, झारखण्डमा जनताले सीएम हेमन्त सोरेनको झारखण्ड मुक्ति मोर्चालाई विश्वास गरेका छन् । इन्डिया गठबन्धनमा सामेल रहेको जेएमएमले ३४ सिट जितेको छ । कांग्रेसले भने १६ सिट जितेको छ । यहाँ भाजपा २१ सिट जित्न सफल भएको छ ।
यसैबिच महाराष्ट्र विधानसभा चुनावमा कर्नाटकका गृहमन्त्री जी परमेश्वराले इभिएम ह्याकिङका कारण आफूहरूले हारेको बताएका छन् । ‘ईभीएम ह्याक भएको कारणले हामीले महाराष्ट्रमा हारेको गुमाएको जस्तो देखिन्छ, यो हाम्रा नेताहरूको राय हो । निर्वाचनका लागि उपयुक्त रणनीति बनाउन पनि हामी असफल भएका छौँ । हामीले महाराष्ट्रमा एमवीए सत्तामा आउने सोचेका थियौँ, तर सबै उल्टो भयो’ परमेश्वरले भनेका छन् ।
‘महाराष्ट्रमा त्यहीँ मुद्दा उठायौँ जुन हामीले झारखण्डमा उठाएका थियौँ, चाहे त्यो एससी, एसटी र ओबीसीको अधिकार होस् वा बेरोजगारी वा मुद्रास्फीतिको मुद्दा होस् । हो झारखण्डको निर्णय महाराष्ट्रको निर्णयभन्दा फरक छ । हामी निर्णय स्वीकार गर्छौँ । हामी दुवै राज्यका निर्णयहरू आत्मनिरीक्षण गर्नेछौँ र हाम्रो र्पाीटलाई बलियो बनाउँछौँ । हामीले अदाणी, मणिपुर, महिला, ओबीसी, एससी र एसटी विरुद्धको अत्याचारको मुद्दा उठाएका छौँ’ कंग्रेस सांसद गौरव गोगोईले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड