आजपाले बोलायो स्थायी कमिटी बैठक
आइतबार, ०९ मङ्सिर २०८१, १६ : २४

काठमाडौं। आम जनता पार्टी (आजपा)को स्थायी कमिटी बैठक बोलाइएको छ। राजधानीको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबारका लागि तय भएको बैठकले आन्दोलनका बारेमा विभिन्न निर्णय गर्ने अध्यक्ष प्रभु साहले जानकारी दिए ।
आजपाले बेथिति र भ्रष्टाचारका विरुद्ध अभियान सञ्चालन गर्दै आएको छ भने दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनमा जोड दिँदै आएको छ ।
आजपाले हालै `भष्टाचार विरुद्ध मधेस यात्रा´ कार्यकम सम्पन्न गरेको थियो। भ्रष्टाचार एवं अनियमितताको बारेमा भएको मधेस यात्रा कार्यक्रमको पनि बैठकमा समीक्षा हुने बताइएको छ। उक्त अभियान पूर्ण रुपमा सफल भएको बताउँदै साहले भ्रष्टाचार विरुद्ध जनजागरण अभियान अन्य प्रदेशमा समेत छिट्टै आयोजना गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ
-
डिजिटल प्रविधिको प्रयोग र विस्तारमा सम्भावनाहरूको खोजी गरिरहेका छौँ : मुख्यमन्त्री कँडेल
-
भुवन गिरीले सफाइ पाएपछि विरोध प्रदर्शनमा उत्रिइन् आरती, प्रहरीले नियन्त्रणमा लिएर छाड्यो
-
११ सदस्यीय जुडो टोली मङ्गलबार राति थाइल्यान्ड जाने
-
विद्यालयको चाबी लिएर काठमाडाैँ आउन कर्मचारीलाई निर्देशन
-
शिक्षकबिनै सम्भव छ कक्षा १२ को परीक्षा ?