आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

बेपत्ता इजरायली यहुदी धर्मगुरुको युएईमा भेटियो शव

आइतबार, ०९ मङ्सिर २०८१, १६ : ०८
आइतबार, ०९ मङ्सिर २०८१

आबुधावी । युएईमा बेपत्ता भएका एक इजरायली यहुदी रब्बी धर्मगुरुको शव फेला परेको छ । प्रधानमन्त्री बेन्जािमन  नेतन्याहुको कार्यालयले यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ । संयुक्त अरब इमिरेट्समा बेपत्ता भएका इजरायली–मोल्दोभा रब्बीको शव चार दिनपछि फेला परेको विज्ञप्तिमा भनिएको छ । उनी बिहीबार बेपत्ता भएका थिए ।

यहुदी विरोधी आतङ्कवादी घटनामा उनको मृत्यु भएको नेतन्याहुको कार्यालयबाट जारी विज्ञप्तिमा बताइएको छ । उनको मृत्युको लागि जिम्मेवार अपराधीहरूलाई आफूले न्यायको कठघरामा ल्याउन हरसम्भव कदम चाल्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यद्यपि, यस विषयमा युएईबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । रिपोर्टका अनुसार २८ वर्षीय जाभी कोगन दुबईमा किराना पसल चलाउँथे ।

अहिलेसम्म युएई सरकारले यो आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर, युएईको सरकारी समाचार एजेन्सीले  डब्ल्यूएएमले भने कोगन बेपत्ता भएको स्वीकार गरेको थियो । तर उनीसँग इजरायली नागरिकता भए नभएको केही पनि भनेको थिएन । युएईको आन्तरिक मन्त्रालयले चाँहि कोगन बेपत्ता भएपछि अधिकारीहरूले उनको खोजी र बेपत्ता मामिलामा छानबिन सुरु गरेको भनेर भनेको थियो ।

अपराधीलाई सजाय मिल्नेमा इजरायली राष्ट्रपति विश्वस्त

इजरायलका राष्ट्रपति इसहाक हर्जाेगले पनि यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । कोगनको हत्याको निन्दा गर्दै उनले युएईका अधिकारीहरूलाई यस मामिलामा तत्कालै कदम चाल्नका लागि धन्यवाद दिएका थिए । साथै अपराधीलाई कानुनी कठघरामा ल्याउन अथक प्रयास गरिनेमा आफू ढुक्क भएको पनि उनले बताएका थिए ।

कोगन चबाड लुबाविच आन्दोलनसँग सम्बन्धित थिए । यो न्यूयोर्क शहरको क्राउन हाइट्सको अति रुढीवादी यहुदी धर्मको प्रमुख शाखा हो । यसका शाखाहरू अलग अलग देशमा चबाड हाउस भनेर चिनिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप