‘बम’ चक्रवातले अमेरिकामा ठुलो क्षति

वासिङटन डीसी । १६० किलोमिटर प्रतिघण्टाको गतिमा आएको चक्रवातले अमेरिकामा ठुलो क्षति भएको छ । ‘बम’ नामक यो चक्रवातले अमरिकाको पश्चिमी तटमा ठुलो क्षति पुर्याएको छ ।
लाखौं घर बिजुलीविहीन भएको छ । करोडौं मानिस प्रभावित भएका छन् भने दुई जनाको मृत्यु भएको छ । चक्रवातका कारण वाशिंगटनदेखि क्यालिफोर्नियासम्म आँधीको स्थिति छ । मानिसहरूलाई घरबाहिर निस्कन गाह्रो भइरहेको छ । हावाको गति डरलाग्दो भएको छ । वर्षाका कारण सडकमा बाढीको अवस्था छ ।
शक्तिशाली चक्रवात बमले यस सप्ताहन्तमा अमेरिकाको पश्चिमी तटमा विनाश निम्त्याएको थियो । लाखौं घरहरूमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । कम्तीमा दुई जनाको मृत्यु भएको खबर आएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वामा छापिएको खबरका अनुसार उक्त समुद्री आँधी मङ्गलबार द्रुत गतिमा चक्रवातमा परिणत भएको थियो । यसले वाशिंगटन राज्य, ओरेगन र क्यालिफोर्नियाका केही भागहरूमा आँधी–शक्तिशाली हुरी, मुसलधारे वर्षा र हिमपात गराएको छ ।
अमेरिकाको राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस)ले ओरेगन तटमा १५८ किमी प्रतिघण्टा र वाशिंगटन राज्यको माउन्ट रेनियरमा १२४ किमी प्रतिघण्टाको गतिमा हुरी चलिरहेको सूचना दिएको छ । वासिङ्टनमा आएको आँधीमा परेर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने करिब ६ लाख घरमा बिजुलीविहीन अवस्थामा छन् ।
ओरेगनमा, वायुमण्डलीय नदीले भारी वर्षा गराएको छ । केही क्षेत्रमा २० देखि ३० सेन्टिमिटरसम्म वर्षा हुन सक्ने भनिएको छ । एनडब्ल्यूएसले ओरेगनको लागि शुक्रबार साँझसम्मका लागि बाढीसम्बन्धी चेतावनी जारी गरेको छ । हावाहुरीका कारण उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । वाशिंगटन राज्यको क्यास्केड क्षेत्रका धेरैजसो क्षेत्रमा हिम आँधीको चेतावनी जारी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने