सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएको बारेमा नागरिक स्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको स्वतन्त्र नागरिक समाज मञ्च प्युठानको प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आइतबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले भ्रष्टाचार निवारण गर्न प्रदेश सरकार दृढ रहेको बताएका हुन् ।
प्रदेश सरकाले भ्रष्टाचार नियन्त्रण गर्न पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा लगेको छ । यस्तै मुख्यमन्त्री तथा मन्त्रीहरूलाई आचारसंहिता लागु गरेको, मन्त्रालय र निकायका लागि १४ बुँदे निर्देशन पनि जारी भएको छ ।
मुख्यमन्त्री आचार्यले नागरिक तहमा बढ्दो निराशालाई आशामा बदल्ने गरी सरकारले योजनाबद्ध काम अघि बढाएको र त्यसको कार्यान्वयनको लागि नागरिक तहको साथ आवश्यक परेको बताए । पाँच वर्षभित्र भ्रष्टाचार निवारणका लागि प्रदेश सरकारले रणनीतिक योजना बनाइसकेको उनले बताए । सरकारले बनाएका योजनाहरू कार्यान्वयन गर्न नागरिक सहभागिता जरुरी रहेको उनले बताए ।
भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक मञ्च प्युठानका संयोजक कर्णध्वज केसीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाउँदै भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ ।सेवाको नाममा घुस र विकासको नाममा भ्रष्टाचार हुने गरेको भन्दै त्यसलाई रोक्ने गरी उच्चस्तरीय अनुगमन संयन्त्र बनाउन जोड दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध