लुम्बिनी सेरामिक्सले ४ अर्ब लागतमा सुरु गर्यो लेमिनार टायल उत्पादन
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–८ मा अत्याधुनिक प्रविधिसहित लुम्बिनी सेरामिक्स लिमिटेडले टायल उत्पादन सुरु गरेको छ । उद्योगले ‘लेमिनार भेट्रिफाइड टायल्स’ ब्राण्ड नाम दिएर उत्पादन सुरु गरेको हो ।
बढ्दो माग ख्याल गर्दै नेपाललाई टायलमा आत्मनिर्भर बनाउने उद्देश्यले अत्याधुनिक प्रविधिसहितको उद्योग स्थापना गरेको लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरिवालले जानकारी दिए । जसबाट उद्योगले उच्च गुणस्तरको भेट्रिफाइड टायल उत्पादन गर्छ । कम्पनीले यसलाई नेपालको पहिलो भेट्रिफाइड (पानी कम सोस्ने र सिसाजस्तै देखिने) टायलको रुपमा व्याख्या गरेको छ ।
साढे १२ बिघा क्षेत्रफलमा फैलिएको उद्योग स्थापना गर्न मात्रै लुम्बिनी सेरामिक्सले ४ अर्ब रुपैयाँ लगानी गरेको छ । यसमा झण्डै ३ अर्ब रुपैयाँ विभिन्न बैंकले ऋण लगानी गरेका छन् । ‘हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो टायल उद्योग नै लुम्बिनी सेरामिक्स हो,’ निर्देशक चुरिवालले भने, ‘जसले अत्याधुनिक प्रविधिको सहायताले उच्च गुणस्तर र भारवहन क्षमता भएको टायल उत्पादन गर्छ ।’ आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन गरिने भएकाले यसको बटावट र डिजाइन पनि उत्तिकै आकर्षक भएको उनको भनाइ छ ।
लुम्बिनी सेरामिक्सले विभिन्न आकारका टायल उत्पादन गरिरहेको छ । यी टायल करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनमा उपलब्ध छन् । लेमिनार भेट्रिफाइड टायल घरभित्र र बाहिरका विभिन्न स्थानमा मात्रै नभएर पार्किङका लागि पनि उपयुक्त छन् । ‘पार्किङका लागि गाडी वा मोटरसाइकलको टायर नचिप्लिने थोरै खस्रो खालको टायल पनि हामीसँग छ,’ निर्देशक चुरिवालले भने ।
उत्पादन सुरु गरेको छोटो समयमै लेमिनार टायल्सले आईएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापन प्रणालीको लागि आईएसओ १४००१ः२०१५ र व्यावसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणालीको लागि आईएसओ ४५००१ः२०१८ गरी तीन गुणस्तर प्रमाणपत्र पाइसकेको छ । यसले उद्योगको क्षमता, गुणस्तर र विश्वसनियतालाई थप पुष्टि गरेको निर्देशक चुरिवालको भनाइ छ ।
उच्चस्तरीय उत्पादनको प्रक्रिया र गुणस्तरीय कच्चा पदार्थको प्रयोगको कारण लेमिनार टायल्स ९९.९२ प्रतिशत ‘वाटर प्रुफ’ छन् । निर्देशक चुरिवालले भने, ‘लेमिनारमा सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमता छ ।’
लेमिनार टायल उद्योगको दैनिक उत्पादन क्षमता १ लाख ४० हजार वर्गफिट छ । यसमा ३०० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । भर्खर उत्पादन सुरु भएको कारण हाल कच्चा पदार्थ भारतको राजस्थानबाट ल्याइएको छ । छिट्टै स्वदेशी खानीबाट उत्पादित कच्चा पदार्थ प्रयोग गर्ने योजना छ । टायलको लागि उपयुक्त माटो डडेलधुरामा भेटिएको छ । थप प्रक्रिया अगाडि बढाएर उत्खनन सुरु गर्ने उद्योगको भनाइ छ ।
लेमिनार भेट्रिफाइड टायलको मूल्य प्रतिवर्गफिट ८० देखि २०० रुपैयाँसम्म मूल्य तोकिएको छ । यो आयातितभन्दा २० प्रतिशत सस्तो भएको उद्योगको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता