धरहरामा सर्वसाधारणको भीड, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । आजदेखि सःशुल्क खुलेको धरहरा चढ्न मानिसहरूको भीड बढेको छ । नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र विदेशीलाई १००० शुल्कसहित धरहरा खुलेको हो ।
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउने छन् ।
यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद् बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको थियो ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको थियो । सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा