सिन्दुरे रोगको प्रकोप कम गर्न मंसिर २५ गतेभित्र गहुँ छर्न सुझाव
आइतबार, ०९ मङ्सिर २०८१, १३ : ४२
![सिन्दुरे रोगको प्रकोप कम गर्न मंसिर २५ गतेभित्र गहुँ छर्न सुझाव](https://rpcdn.ratopati.com/media/albums/gahu_1Tt7JF0M1a.webp)
काठमाडौँ । गहुँबालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न मंसिर २५ गतेभित्र गहुँ छर्न सुझाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन मार्फत गहुँबालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराई क्षेत्रमा मंसिर २५ गते भित्र गहुँ बाली छरिसक्नु पर्ने सुझाएको हो ।
सो बुलेटिनमा तराईका लागि बाणगंगा, बि. एल. ४३४१, एनएल ९७१, आदित्य जातका गहुँको बीउलाई भाइटाभेक्स २ ग्राम प्रति केजीका दरले उपचार गरेर मात्रै गर्नुपर्ने समेत उल्लेख छ ।
नेपालमा वार्षिक रूपमा करिब ७ लाख हेक्टरमा गहुँ खेती हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)