जोर्डनमा इजरायली दूतावास नजिक भएको गोलीबारीमा एकको मृत्यु, ३ प्रहरी घाइते
आइतबार, ०९ मङ्सिर २०८१, १३ : ३९

जोर्डन । जोर्डनमा इजरायली दूतावास नजिक भएको गोलीबारीको घटनामा एक जनाको मृत्यु भएको छ ।
सुरक्षा स्रोत र सरकारी सञ्चार माध्यमले बताएको भन्दै साउथ चाइना मर्निङ पोस्टले आइतबार समाचार छापेको छ । गस्ती गरिरहेका एक जना प्रहरीमाथि गोली चलाउने व्यक्तिलाई प्रहरी टोलीले पछि हाली हानेर मारेको छ । यस्तै आक्रमणकारीको गोली लागेर ३ जना सुरक्षाकर्मी घाइते भएको समाचारमा उल्लेख छ।
यो घटनालाई जोर्डन सरकारका सञ्चार मन्त्री मोहमद मोमानीले देशको सार्वजनिक सुरक्षा बलमाथि निशाना बनाएर गरिएको आतङ्कवादी आक्रमण भनेका छन् । घटनामाथि छानबिन भइरहेको उनले बताएका छन् ।
गोलीको आवाज सुन्ने बित्तिकै जोर्डन प्रहरीले दूतावास नजिकको क्षेत्रमा प्रहरीको सङ्ख्यामा भारी वृद्धि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानमा बेलायती दम्पती पक्राउ
-
जापानमा हिम पहिरोको चेतावनी जारी
-
स्वास्थ्य बीमालाई व्यवस्थित गर्न काम थालिसक्यौँ : मन्त्री पौडेल
-
कोशी प्रदेशसभामा उठ्यो भ्रष्टाचारी ठहरिएका पराजुलीको विषय
-
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’