एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई गरिएको जरिवानासम्बन्धी पत्र औपचारिक रूपमा बुझाउने भएको छ ।
महानगरपालिकाले आइतबार एमाले पार्टी कार्यालय च्यासलमा पुगेर जरिवानासम्बन्धी पत्र बुझाउन लागेको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
महानगरले मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर गरेको भन्दै एमालेलाई १ लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।
फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । उक्त पत्र बुझाउन महानगरपालिकाका प्रतिनिधिहरू पौने २ बजे एमाले पार्टी कार्यालय पुग्ने बताइएको छ । पाण्डेका अनुसार शुक्रबार पत्र काटिएपनि पार्टीलाई औपचारिक रूपमा बुझाउन बाँकी थियो । एमालेले भने उक्त पत्रको आलोचना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फिर्ता ल्याइएको २१ मूर्ति सङ्ग्रहालयलाई हस्तान्तरण
-
हार्दिक पाण्ड्यालाई किन १२ लाख रुपैयाँ जरिवाना गरियो ?
-
गाजामा इजरायली हमला, बालबालिकासहित ८ जनाको मृत्यु
-
त्रिविका उपकुलपतिको राजीनामाबारे शिक्षामन्त्री अनविज्ञ
-
राष्ट्रियसभा बैठक साढे ३ बजेलाई सर्यो
-
निर्वाचन समितिको खारेजीको माग गर्दै धादिङको नीलकण्ठ क्याम्पसमा तालाबन्दी