सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमबारदेखि

काठमाडौँ । सूर्य नेपाल गल्फ टुरको सन् २०२४–२५ सिजन सोमबारदेखि सुरु हुँदैछ । सिजनको पहिलो प्रतियोगिताका रुपमा सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हनेछ ।
प्रतियोगितामा चर्चित प्रोफेसनल र एमेच्योर गल्फ खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता ७२ होलको हुनेछ । सूर्य नेपाल सेन्ट्रल ओपनको कुल पुरस्कार राशी आठ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिताको पहिलो स्थान हासिल गर्ने खेलाडीले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । दोस्रो हुने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्न गर्नेछ ।
यसैगरी, प्रतियोगितामा तेस्रो स्थानमा हासिल गर्ने खेलाडीले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छ । एमेच्योर सदभाव आचार्य साविक विजेता हुन् । उनी यसपटक उपाधि रक्षाको अभियानमा हुनेछन् ।
यसका अतिरिक्त, प्रतियोगितामा चर्चित प्रोफेसनल खेलाडी भुवन नगरकोटी, निरज तामाङ, धन थापा, सञ्जय लामा, रवी खड्का, तोरण शाही, कुमार कामीलगायतको पनि सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा