समाचार
सिनामंगलस्थित होटलमा दुई युवायुवती मृत अवस्थामा भेटिए
आइतबार, ०९ मङ्सिर २०८१, १२ : ३७

काठमाडौँ । काठमाडौँको सिनामंगलमा दुई युवायुवती मृत भेटिएका छन् । काठमाडौँ महानगरापलिका ८ सिनामंगलस्थित होटल जन्मभूमिमा सुनसरीका ३४ वर्षीय रमेश रायमाझी र मोरङकी २९ वर्षीय शर्मिला माझी मृत भेटिएका हुन् ।
शनिबार साँझ होटलको चौथो तलाको कोठमा नम्बर १२० भाडामा लिएर बसेका उनीहरु घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार होटलको बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाएको अवस्थामा उनीहरुको शव भेटिएको हो । सो घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको समेत जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो : प्रचण्ड