इन्डियन प्रिमियर लिगको मेगा अक्सन आजदेखि
काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) आइतबारदेखि सुरु हुने भएको छ । मेगा अक्सन साउदी अरेबियाको जेद्दाह सहरमा सोमबारसम्म चल्नेछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार, अक्सनका लागि विश्वभरबाट एक हजार पाँच सय ७४ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । त्यसमध्येबाट मेगा अक्सनका लागि पाँच सय ७७ जना खेलाडीको अन्तिम सूचि सार्वजनिक गरिएको छ ।
मेगा अक्सनमा तीन सय ६७ जना भारतीय र दुई सय १० जना विदेशी खेलाडी सहभागी छन् । आईपीएलको आगामी संस्करणमा सहभागी क्लबहरुले यो मेगा अक्सनबाट कुल दुई सय चारजना खेलाडी खरिद गर्नेछन् ।
मेगा अक्सन नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुने छ । खेलाडी रिटेन प्रक्रियापछि यो मेगा अक्सनमा खेलाडी खरिद गर्न पञ्जाब किङ्ससँग सबैभन्दा बढी एक अर्ब १० करोड ५० लाख भारतीय रुपैयाँ बाँकी छ । पञ्जाबले रिटेनका लागि नौ करोड ५० लाख रुपैयाँ खर्च गरेको थियो ।
यसैगरी, सनराइजर्स हैदराबादसँग अक्सनका लागि ४५ करोड रुपैयाँ बाँकी छ । हैदराबादले खेलाडी रिटेनका लागि ७५ करोड रुपैयाँ खर्च गरेको थियो । मुम्बई इन्डियन्ससँग मेगा अक्सनका लागि ४५ करोड बाँकी छ । मुम्बईले पनि रिटेनका लागि ७५ करोड खर्च गरेको थियो ।
यसैगरी, लखनउ सुपर जायन्ट्ससँग मेगा अक्सनका लागि ६९ करोड रुपैयाँ बाँकी छ । लखनउले खेलाडी रिटेनका लागि ५१ करोड रुपैयाँ खर्च गरेको थियो । राजस्थान रोयल्ससँग मेगा अक्सनका लागि ४१ करोड बाँकी छ । राजस्थानले रिटेनका लागि ७९ करोड खर्च गरेको थियो ।
यसैगरी, चेन्नई सुपर किङ्ससँग अक्सनका लागि ६५ करोड रुपैयाँ बाँकी छ । चेन्नईले खेलाडी रिटेनका लागि ५५ करोड रुपैयाँ खर्च गरेको थियो । कोलकाता नाइट राइडर्ससँग अक्सनका लागि ५१ करोड बाँकी छ । कोलकाताले खेलाडी रिटेनका लागि ६९ करोड रुपैयाँ खर्च गरेको थियो ।
यसैगरी, मेगा अक्सनका लागि गुजरात टाइटन्ससँग ६९ करोड, दिल्ली क्यापिटल्ससँग ७३ करोड र रोयल च्यालेन्जर्स बेंगलुरुसँग ८३ करोड रुपैयाँ बाँकी छ । यसअघि खेलाडी रिटेनका लागि गुजरातले ५१ करोड, दिल्लीले ४७ करोड र बेंगलुरुले ३७ करोड भारतीय रुपैयाँ खर्च गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले अन्तर्क्रिया गर्दै
-
इरानले हटायो ह्वाट्स, गूगल पेमाथिको प्रतिबन्ध
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
-
उद्यमीले २५ लाखसम्म सहुलियत कर्जा पाउने
-
१९ वर्षीय कोन्सटाससहितको अस्ट्रेलियन टोली घोषणा
-
फष्टलुक्समा यस्तो देखियो ‘जुना’