मेस्सीकै पूर्वसहकर्मी मास्चेरानो इन्टर मियामीको नयाँ प्रमुख प्रशिक्षक !

काठमाडौँ । अमेरिकी क्लब इन्टर मियामीले अर्जेन्टिनाका पूर्वखेलाडी जाभियर मास्चेरानोलाई आफ्नो नयाँ प्रमुख प्रशिक्षक बनाउने भएको छ । मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामी र मास्चेरानोबिच विभिन्न चरणमा वार्ता भइसकेको समाचारमा जनाइएको छ ।
हालका प्रशिक्षक टाटा मार्टिनोले इन्टर मियामी छाड्ने निश्चित भइसकेको छ । मार्टिनोले व्यक्तिगत कारण देखाउँदै इन्टर मियामी छाड्ने निर्णय लिएका हुन् । त्यसैले पछिल्लो समय इन्टर मिलामी नयाँ प्रशिक्षकको खोजीमा जुटेको थियो ।
नयाँ प्रशिक्षकको रुपमा मास्चेरानोसँगै स्पेनका जाभी, फ्रान्सका जिनेदिन जिदान, अर्जेन्टिनाका फेड्रिको हिग्वेन र फ्रान्सका थियरी हेनरीलगायतको नाम चर्चामा थियो । तर, इन्टर मियामीले मास्चेरानोलाई प्रशिक्षक बनाउने तयारी अगाडि बढाएको हो ।
आधिकारीक रुपमा भने इन्टर मियामीले यस विषयमा केही बताएको छैन । मास्चेरानो इन्टर मियामीका स्टार खेलाडी लियोनल मेस्सीका पूर्वसहकर्मी पनि हुन् । मास्चेरोनो र मेस्सीले स्पेनिस ‘पावर हाउस’ बार्सिलोना र अर्जेन्टिनी राष्ट्रिय टोलीबाट एकसाथ फुटबल खेलेका थिए ।
४० वर्षीय मास्चेरानो आफ्नो समयका प्रभावशाली खेलाडी थिए । उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट एक सय ४० भन्दा बढी खेल खेलेका छन् । मास्चेरानोले रिभर प्लेट, वेस्टहाम युनाइटेड, लिभरपुल, बार्सिलोनाजस्ता चर्चित क्लबबाट पनि ब्यवसायिक फुटबल खेलेका थिए ।
उनी सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि भने प्रशिक्षण कार्यमा जुटेका थिए । उनी हाल अर्जेन्टिनाको यू–२० राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिकामा सक्रिय छन् । उनले सन् २०२१ मा यो जिम्मेवारी सुरु गरेका थिए ।इन्टर मियामीमा प्रशिक्षक बन्न मास्चेरोनोको सबैभन्दा सबल पक्ष भनेको उनले बार्सिलोनामा मेस्सीसँगै ब्यवसायिक फुटबल खेलेका थिए ।
उनी सन् २०१० देखि सन् २०१८ सम्म बार्सिलोनामा रहँदा मेस्सी पनि सोही क्लबमा थिए । उनी सन् २००३ देखि सन् २०१८ सम्म अर्जेन्टिनी टोलीमा पनि थिए । मास्चेरानो र मेस्सीबिचको सम्बन्ध पनि निकै सुमधुर रहेको छ ।
अन्तर्राष्ट्रिय फुटबलमा मास्चेरानोलाई मिलनशार ब्यक्तित्वका रुपमा पनि हेरिन्छ । इन्टर मियामीले मास्चेरानोसँग लामो अवधिका लागि सम्झौता गर्न लागेको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध