एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
आइतबार, ०९ मङ्सिर २०८१, १० : ४३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुङ्गो लगाएको छ । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिटब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिए ।
उनका अनुसार नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने छ । कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताहरूको कार्यविभाजन गरिएकाले सङ्गठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उनले बताए ।
पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इञ्चार्ज तोकिएको छभने अन्य नेताहरूको कार्यविभाजन पनि गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिगत दुर्गा प्रसाईंले भने– मैले लुक्ने ठाउँ भेटेको छु, तिमीहरूले त्यो पनि पाउँदैनौ
-
‘कमेडी नाइट विथ च्याम्पियन्स’ मंगलबारबाट प्रशारणमा आउने
-
माओवादीको स्थगित तराई–मधेश जागरण अभियान चैत २२ गतेबाट
-
ओलीले थाइल्यान्डमा पनि मोदीलाई भेट्ने सम्भावना कम
-
हवाई इन्धनको मूल्य घट्यो
-
उत्तरी गोरखाको चुमनुब्रीमा सात सय धारा जडान