लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
आइतबार, ०९ मङ्सिर २०८१, ०२ : ०४

काठमाडौं । लेस्टर सिटीलाई हराउँदै चेल्सी इंग्लिश प्रिमियर लिग फुटबल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेस्टरलाई उसैको घरेलु मैदानमा चेल्सीले २-१ गोल अन्तरले हरायो । चेल्सीलाई विजयी गराउन निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजले एक-एक गोल गरे । उता, लेस्टर सिटीका जोर्डन आयुले एक गोल फर्काए ।
यो जितले चेल्सीलाई तेस्रो स्थानमा उकालेको छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँगको अंक दुरी छोट्टिएको छ । म्यान्सिटीको १२ खेलबाट २३ अंक छ भने समान खेलबाट चेल्सीको २२ अंक भएको छ ।