प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका नेपाली विषयका प्राध्यापक डा देवी नेपाल अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित हुने भएका छन् ।
भारतको असममा रहेको असम नेपाली साहित्य सभाले कीर्तिशेष स्रष्टा निरू शर्मा पराजुलीका नाममा स्थापित ‘निरू शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ पहिलोपटक नेपाली साहित्यकारलाई दिने निर्णय गरेको हो ।
बहुमुखी प्रतिभा नेपाललाई आगामी डिसेम्बर ५ देखि ८ मा उत्तरी असमको गोलाघाट जिल्लाको सरूपथार सहरमा हुने सभाको १६औँ महाधिवेशन तथा स्वर्णजयन्ती समापन समारोहमा सो पुरस्कार दिइने भएको छ ।
नेपाली रू एक लाख राशि सहितको पुरस्कार प्रदान गरिने गरी निर्णय गरिएको सभाका कार्यकारी सभापति डा.चिन्तामणि शर्मा, सभापति दुर्गा खतिवडा र मूल सचिव मदन थापाले लेख्नुभएको निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ ।
यसअघि सभाले साहित्यकार नेपाललाई यस वर्षको ‘निरू शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन