बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत । राजधानीको मुटुमा भएको इजरायली हवाई आक्रमणले शनिबार कम्तिमा ११ जनाको मृत्यु भएको लेबनानले जनाएको छ । इजरायली सेनाले क्षेत्र खाली गर्न आह्वान गरेपछि बेरुतमा आक्रमण भएको भएको थियो ।
इजरायलले भने हाल सम्म बेरुतमा भएको आक्रमण बारे कुनै टिप्पणी गरेको छैन । शनिबार बिहान यस क्षेत्रमा उद्धार कार्य चलिरहेको थियो, उद्धारकर्ताहरू भग्नावशेष हटाइ नागरिक सुरक्षामा तैनाथ थिए ।
घटनाको पुष्टि गर्दै लेवनानी स्वास्थ्य मन्त्रालयले ६३ जना घाइते भएको जनाएको छ । “डिएनए परीक्षणपछि मृत्युको अन्तिम सङ्ख्या निर्धारण हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
लेवनानी राष्ट्रिय समाचार एजेन्सीले इजरायली जेट विमानहरूले संरचनामा छ वटा क्षेप्यास्त्र प्रहार गरेको र नजिकैका भवनहरूमा व्यापक विनाश गरेको जनाएको छ ।
इजरायली सेनाले “धेरै हिजबुल्लाह कमान्ड सेन्टरहरूसहित सहरको दक्षिणी उपनगरहरूमा आक्रमण गरेको बताएको छ । इजरायलले सेप्टेम्बरको अन्त्यमा इरान समर्थित समूह विरुद्ध आफ्नो अभियानलाई अगाडि बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज