अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
त्रिशूली । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन मातहतको प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटको परिसरमा निर्माण गरिएको भगवती मन्दिर र नागरिक कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूहका क्रियाकलाप नियन्त्रण गर्दै नागरिकको स्वतन्त्रता सुनिश्चित हुने कर्तव्य पूरा गर्न प्रहरी कर्मचारीको ध्यानाकर्षण गराए ।
“समाजमा गैरकानुनी र अनैतिक कार्य गर्ने व्यक्ति तथा समूह एवम् सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्तिहरू विरूद्ध खरो रूपमा प्रस्तुत हुन प्रहरी सदैव तयारी अवस्थामा बस्नुपर्छ”, उनले भने, “कुनै किसिमको दबाब र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न कटिबद्ध भएर आफ्नो साख जोगाउन लाग्नुहोस् ।”
सीमित स्रोत साधनबाट नै प्रहरीले आफ्नो शत्प्रतितशत योगदान दिने प्रयास हरदम जारी राखेकाले अभाव, दबाब र प्रभावमा नपर्नका लागि प्रहरी कर्मचारीलाई महानिरीक्षक कुँवरले सचेत गराए ।
प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउनसक्ने विपद्जन्य घटना सबैको चुनौतीका रूपमा रहेको हुँदा त्यसको सामनाका लागि सुरक्षा निकायको सुदृढ तयारीका साथै सरोकारवाला निकायबीचको सामूहिक प्रयास, ऐक्यबद्धता र प्रभावकारी समन्वय अपरिहार्य आवश्यक रहेको उनले बताए ।
आसन्न स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा चुनौती तथा जोखिमको विश्लेषण गरी ‘निर्वाचन सुरक्षा योजना’ निर्माण गर्न तथा कार्यान्वयनको निमित्त तयारी अवस्थामा रहन उहाँले मातहतको प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी