गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
शनिबार, ०८ मङ्सिर २०८१, १७ : २५
काठमाडौँ । गणतन्त्र सेनानी कोषले गणतन्त्र स्थापनामा लागेका योद्धाहरूलाई सम्मान गर्ने भएको छ । कोषले आइतबार ‘गणतन्त्र सेनानी सम्मान २०८१’ कार्यक्रम गरी जनयुद्धका योद्धा र स्वतन्त्र मध्येबाट छनोट गरी १५ जनालाई सम्मान गर्न लागिएको कोषका अध्यक्ष समेत रहेका माओवादी बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पहिलो चरणमा बागमती प्रदेशबाट सुरु भएर अन्य प्रदेशमा विस्तार हुनेछ । गणतन्त्र सेनानीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा सम्मान गर्ने कार्यक्रम राखिएको पौडेलले जानकारी दिए । उनले सम्मान कार्यक्रम भोलि दिउँसो १२ बजे सांस्कृतिक संस्थान जमलमा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता