शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु

शनिबार, ०८ मङ्सिर २०८१, १७ : ०७
शनिबार, ०८ मङ्सिर २०८१

काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा निर्यात ४.१६ प्रतिशतले बढेको छ । यो अवधिमा ५२ अर्ब ६७ करोड बराबरको वस्तु  निर्यात भएको छ ।  जसमध्ये सबैभन्दा ठुलो परिमाणमा तेल घ्यु वस्तु,चिया कफी, फलाम, धागो, गलैँचा निर्यात भएका छन् ।

भन्सार विभागका अनुसार सो अवधिमा ५ अर्ब ४६ करोड २८ लाख १४ हजार रुपैयाँको तेल र घ्युजन्य वस्तु निर्यात भएको छ । यसैगरी दोस्रोमा ४ अर्ब ६४ करोड ३६ लाख ९३ हजार रुपैयाँको चिया कफी,  चार अर्ब ५७ करोड ३३ लाख २२ हजार रुपैयाँको फलाम  तथा फलामका सामग्री निर्यात भएको छ ।  

चार अर्ब १९ करोड ८७ लाख १२ हजार रुपैयाँको धागो, ३ अर्ब ९२ करोड ८९ लाख २४ हजार रुपैयाँको गलैँचा,  निर्यात भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप