सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सरकारको लगानीलाई उत्पादनमा जोडेर अघि बढ्नुपर्ने बताएका छन् । उनले कृषि, पर्यटन र अन्य क्षेत्रमा गरिएको लगानीलाई उत्पादन केन्द्रित गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
मकवानपुरको कैलाश गाउँपालिका– ९ नामटरमा रहेको स्यार्से कालिका मन्दिरको एक कार्यक्रमका बिच उद्घाटन गर्दै सभापति बानियाँले प्रदेशमा प्रचुर मात्रामा धार्मिक पर्यटनको सम्भावना रहेकाले त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा गरे । सेवा प्रवाहलाई गुणस्तरीय बनाउने र नागरिकको आयआर्जन वृद्धिका लागि सरकारले कृषि, पर्यटन तथा औद्योगिक उत्पादनमा सरकारले जोड दिनुपर्ने उनले बताए ।
‘धार्मिक महत्वका क्षेत्रलाई धार्मिक पर्यटन रूपमा विकास गर्नुपर्छ । पर्यटन, कृषि उद्यमलाई प्रोत्साहन हुने गरी भौतिक पूर्वाधार विकासका कामहरू अघि बढाउनु अपरिहार्य रहेको छ’ उनले भने ।
जिल्लाको विकट क्षेत्रको रूपमा रहेको कैलाशको विकासका लागि आफूले पहल गर्ने उनले बताए । प्रदेश सरकारसँग पहल गरेर सडक पूर्वाधार निर्माण, पर्यटन तथा आर्थिक उपार्जनका लागि आवश्यक योजनाहरू सञ्चालनका लागि बजेट व्यवस्था गरिने उनको भनाई छ ।
कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोक मोक्तानले नामटार क्षेत्रलाई नै पर्यटकीय क्षेत्रको रुपम विकास गर्नेगरी आवश्यक पूर्वाधार निर्माणका लागि योजना बनाइरहेको बताए । उनले नाम टार क्षेत्रको विकासको लागी स्थानीयको समेत सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले नाम टार कैलाश गाउँपालिकाकै आर्थिक क्षेत्रको रूपमा विकास गर्न सकिने भएकाले पालिकाले समेत प्राथमिकतामा राखेको दावी गरे ।
२०५० सालको बाढीले मन्दिर भत्किएको र कालिकाको मूर्ति पुरिएको थियो । सोही स्थानमा नयाँ मन्दिर निर्माण गरिएको गाउँपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिंह घलानले जानकारी जानकारी दिए । २५ लाखमा निर्माण भएको मन्दिर निर्माणको लागि गाउँपालिकाले १० लाख र प्रदेश सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । यस्तै मन्दिर संरक्षणका लागि प्रदेश सरकारले १० लाख, विभिन्न व्यक्ति र संस्थाबाट ५ लाख रुपैयाँ प्राप्त भएको पनि उनले जानकारी दिए ।
अध्यक्ष घलानका अनुसार मन्दिर संरक्षण योजना अन्तर्गत खोला नियन्त्रण, चौर सम्याउने, पर्यटकीय तीर्थस्थलको रूपमा विकास गर्न अझै करिब १० करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । चालू आवमा प्रदेश सरकारकाबाट १४ लाख रुपैयाँ मन्दिर संरक्षणका लागि बजेट विनियोजन भएको पनि वडाध्यक्ष घलानले बताए ।
मन्दिरमा गरिएको भाकल पुरा हुने विश्वासका साथ मकवानपुरका विभिन्न पालिका सहित छिमेकी जिल्ला र भारतका सीमावर्ती सहरबाट समेत भक्तजन आउने गरेको वडा अध्यक्ष घलानले बताए । मन्दिरमा चण्डी पूर्णिमा र धान्य पूर्णिमामा विशेष पूजाआजा हुँदै आएको छ । परापूर्वकालमा यस स्थानमा १००८ ऋषिमुनिले तपस्या गरेको जनश्रुति समेत रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति साबिक पार्टीमा फर्किएर क्रियाशील हुनु उहाँहरूको मात्र सरोकारको विषय होइन : बाबुराम भट्टराई
-
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान
-
कुलमानलाई हटाउने रणनीतिका साथ अघि बढे ऊर्जामन्त्री, देउवाको पनि ‘ग्रिन सिग्नल’ !
-
नाबालिग खेलाडीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रशिक्षक पक्राउ
-
भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो
-
२१ दिनको अवधिमा ११ वटा भूकम्पको धक्का