१ सय ८५ किलो गाँजा सहित चालक पक्राउ
शनिबार, ०८ मङ्सिर २०८१, १६ : ४३
_itzTShGZR9.jpg)
सिन्धुली । अवैध लागूऔषध गाँजा करिब १ सय ८५ किलोग्राम सहित चितवन भरतपुर महानगरपालिका-६ बस्ने ३९ वर्षीय शेर बहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका-९ चेकपोष्टबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडा, सिन्धुली हुँदै बर्दीबासतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च २२८० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक लामालाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।