नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताएका छन् । शनिवार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बनाएका हुन् ।
उनले पुराना पार्टीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाउने र आफू भ्रष्टाचारी नभएको प्रष्टीकरण मात्रै दिने गरेको आरोप लगाए ।
‘नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको छ । पुराना पार्टी एकले अर्कालाई भ्रष्टाचारीको आरोप लगाएका छन् । म भ्रष्टाचारी होइन । मैले विदेशमा पैसा लुकाएको छैन जस्ता प्रष्टिकरणमात्रै दिएको देखिन्छ । म अन्यायमा परेको मात्रै सुनिन्छ । भ्रष्टाचारको ठुलो अतंक छ । माथिबाट बजेट जान्छ सबै बाँडेर खान्छन् । वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ’, उनले भने ।
वर्षैपिच्छे सरकार बनेको भन्दै उनले वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो भन्ने आशङ्का गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज