शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

कर दिवस : जनकपुरमा उत्कृष्ट चार उद्योग सम्मानित

शनिबार, ०८ मङ्सिर २०८१, १६ : ०७
शनिबार, ०८ मङ्सिर २०८१


जनकपुरधाम । तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित भएका छन् ।  आन्तरिक राजस्व कार्यालय जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा क्षिरेश्वर डिस्टलरी धनुषा, रक्षा ट्रेडर्स एण्ड सप्लायर्स महोत्तरी, नेपाल भेनियर उद्योग सर्लाही तथा सुनिता आयल सेन्टर सिन्धुली सम्मानित  भएका हुन् । 

आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख आनन्दकुमार गुप्ताले उद्योगी र व्यवसायीले आफ्नो आम्दानीबाट विनाअवरोध कर तिरेर असल नागरिकको पहिचान सावित गर्नुपर्ने बताए । मधेस प्रदेशका प्रमुख लेखा नियन्त्रक वीरेन्द्रकुमार मिश्रले सरकार  र करदाता आपसी मित्रवत् व्यवहारबाट कर सङ्कलन गर्नुपर्ने बताए ।

जनकपुर भन्सार कार्यालयका प्रमुख मानबहादुर पौडेलले राज्यको कर छल्नु गलत काम भएकाले समयमा आफ्नो हिसाबकिताब गरेर कर दाखिला गर्नुपर्ने आग्रह गरे । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका कोषाअध्यक्ष परमेश्वर साहले प्रत्येक वर्षको करका दरमा  गर्ने बढोत्तरीले व्यवसायी तथा उद्योगी समस्यामा परेको गुनासो गरे ।

 नेपाल पत्रकार महासङ्घ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामतले भन्सार राजस्वमा वृद्धि गर्न तथा व्यावसायिक वातावरण बनाउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप