निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा

काठमाडौँ । निर्यात बढेपछि देशको कुल व्यापारमा सुधार आएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको भन्सार विभागको तथ्यांकले ४.१६ प्रतिशतले निर्यात बढेको देखाएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा ५० अर्ब ५६करोड बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । चालु वर्ष ५२ अर्ब ६७ करोड बराबरको वस्तु निर्यात भएको छ । निर्यात बढेसँगै देशको व्यापार घाटामा पनि सुधार देखिएको छ । अघिल्लो वर्षको तुलनामा देशको व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्ष ४ खर्ब ६१ अर्ब ९३ करोडको व्यापार घाटा देखिएको थियो । चालु वर्षमा ४ खर्ब ६० अर्ब ७१ करोड बराबर देशको व्यापार घाटा रहेको छ । यसैगरी गत वर्षको तुलनामा यस वर्ष आयात पनि बढेको छ । चालु वर्ष ५ खर्ब १३ अर्ब ३८ करोड बराबरको वस्तु आयात भएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड बराबरको वस्तु आयात भएको थियो । त्यसैले अघिल्लो वर्षको तुलनामा ०.१७ प्रतिशतले निर्यात बढेको छ ।
चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ५ खर्ब ६६ अर्ब ५ करोेड बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड बराबरको वस्तु व्यापार भएको थियो ।
जसअनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा ०.५३ प्रतिशतले कुल वैदेशिक व्यापारमा सुधार देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर