बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सात लाख बढीको भन्सार छलीको समान बरामद

शनिबार, ०८ मङ्सिर २०८१, १० : ००
शनिबार, ०८ मङ्सिर २०८१

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले  जिल्लाका विभिन्न स्थानहरूबाट भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको अन्दाजी ७ लाख ७२ हजार मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । 

धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चौराह, त्रिनगर ब्यारेल, मिलन चोक र बहुलियाबाट अन्दाजी ३ लाख ५६ हजार मूल्य बराबरको लेमिलेसनको मेसिन, शृङ्गारको सामान, कपडा, किराना सामान, प्याज, चिनी र त्रिपाल फेला पारेको प्रहरीले जनाएको छ । 

त्यसैगरी धनगढी गोदावरी नगरपालिका–४ वनदेबीबाट अन्दाजी ३ लाख ३८ हजार मूल्य बराबरको कस्मेटिक सामान र कपडा  बरामद गरिएको छ भने भजनी नगरपालिकास्थित जसब र सोनाहफाटाबाट अन्दाजी ५९ हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ, किराना सामान र टिकापुर नगरपालिका-९ ठोसे बजारबाट अन्दाजी १८ हजार ७ सय मूल्य बराबरको चिनी बरामद गरिएको छ । उक्त समानहरू आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप