बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
काठमाडौँ । गत असोज दोस्रो साता अविरल वर्षाका कारण मुलुकमा १७ अर्ब बढीको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति कृषि तथा पशुपन्छी क्षेत्रमा परेको छ।
कृषि तथा पशुपन्छीतर्फ ६ अर्ब बराबर, खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको छ। ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ १ अर्बको क्षति पुगेको छ। बाढी–पहिरो डुबानबाट २ सय २६ को मृत्यु भएको छ भने २५ बेपत्ता छन् भने १ सय ७७ घाइते भएका थिए ।
काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बाढी प्रभावित भएका छन्। ३७ वटा राजमार्ग अवरुद्ध भएका थिए।
काठमाडौँ उपत्यकाको बागमती कोरिडोर क्षेत्र र नख्खु खोला कोरिडोरमा रहेका सयौँ घरहरूमा क्षति पुगे । त्यस्तै गरी ललितपुरको टिकाभैरब क्षेत्र, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा पनि बाढीले उस्तै क्षति पुर्याएको छ ।
बाढीले क्षति पुर्याएको दुई महिना पुगे पनि अहिलेसम्म पीडितहरूले सरकारबाट उचित राहत नपाएको गुनासो गरिरहेका छन् । न त क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नै सरकारको ध्यान पुग्न सकेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिले कथा हिरो भएको समय हो : रेखा थापा
-
अध्यादेशको विषयमा ८ दलीय मधेसी मोर्चा किन मौन ?
-
सरकार कृषि ऐन जारी गर्ने तयारीमा छ : मन्त्री अधिकारी
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...