शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
फोटो फिचर

बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)

शनिबार, ०८ मङ्सिर २०८१, ०९ : ०३
शनिबार, ०८ मङ्सिर २०८१

काठमाडौँ । गत असोज दोस्रो साता अविरल वर्षाका कारण मुलुकमा १७ अर्ब बढीको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति कृषि तथा पशुपन्छी क्षेत्रमा परेको छ।

कृषि तथा पशुपन्छीतर्फ ६ अर्ब बराबर, खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको छ। ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ १ अर्बको क्षति पुगेको छ। बाढी–पहिरो डुबानबाट २ सय २६ को मृत्यु भएको छ भने २५ बेपत्ता छन् भने १ सय ७७ घाइते भएका थिए ।

काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बाढी प्रभावित भएका छन्। ३७ वटा राजमार्ग अवरुद्ध भएका थिए।

काठमाडौँ उपत्यकाको बागमती कोरिडोर क्षेत्र र नख्खु खोला कोरिडोरमा रहेका सयौँ घरहरूमा क्षति पुगे ।  त्यस्तै गरी ललितपुरको टिकाभैरब क्षेत्र, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा पनि बाढीले उस्तै क्षति पुर्‍याएको छ ।

बाढीले क्षति पुर्‍याएको दुई महिना पुगे पनि अहिलेसम्म पीडितहरूले सरकारबाट उचित राहत नपाएको गुनासो गरिरहेका छन् । न त क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नै सरकारको ध्यान पुग्न सकेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Flood effect (2)Flood effect (3)Flood effect (4)Flood effect (5)Flood effect (6)Flood effect (7)Flood effect (8)Flood effect (9)Flood effect (10)Flood effect (11)Flood effect (12)Flood effect (13)Flood effect (14)Flood effect (15)Flood effect (16)Flood effect (17)Flood effect (18)Flood effect (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप