कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वि.सं. २०८१ साल मङ्सिर ८ गते । शनिबार । इस्वी सन् २०२४ नोभेम्बर २३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४६ । मङ्सिर कृष्णपक्ष । तिथि–अष्टमी, ३९ घडी ५७ पला, बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त नवमी । नक्षत्र–मघा, ४० घडी ३१ पला, बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी ।
योग–ऐन्द्र, २३ घडी ७ पला, दिउसो ३ बजेर ४७ मिनेट उप्रान्त वैधृती । करण–बालव, बिहान ९ बजेर ५५ मिनेट उप्रान्त कौलव, बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–सिंह । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ३२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ७ मिनेट । दिनमान २६ घडी २८ पला ।
आजको बार बेला ।
बिहान ०६ बजेर ३२ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ३३ मिनेटदेखि बिहान ७ बजेर ५१ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर ५२ मिनेटदेखि बिहान ९ बजेर ११ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ११ मिनेटदेखि बिहान १० बजेर ३० मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ३१ मिनेटदेखि बिहान ११ बजेर ५० मिनेटसम्म चर बेला ।
बिहान ११ बजेर ५१ मिनेटदेखि दिउसो १ बजेर ९ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर १० मिनेटदेखि दिउसो २ बजेर २८ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर २९ मिनेटदेखि दिउसो ३ बजेर ४८ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ९ बजेर १० मिनेटदेखि बिहान १० बजेर ३० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रह्म मुहूर्त
बिहान ४ बजेर ५७ मिनेटदेखि बिहान ५ बजेर ४५ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले समयमा कामहरू बन्नेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शुभ माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने तथा जीवन साथीसँगको सम्बन्ध थप सुमधुर हुनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सवारी साधन तथा अटो पार्टस्को खरिद विक्रीबाट मनग्गे आम्दानी हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको साथ समर्थन पाइने योग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाइ तथा बन्धु बान्धवसँग सामान्य मनमुटाब सिर्जना हुने तथा विवाद बढ्नेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा आट गर्न नसक्दा विभिन्न अवसरहरू गुम्नेछन् । पढाइ लेखाइमा अरूभन्दा कमजोर भइने हुनाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । तर पनि परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पढ्ने लेख्ने काममा मन जाने हुनाले सफलता हात लाग्नेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा समय दिए अनुसार आम्दानी नहुने हुनाले दैनिक काम तथा थप लगानी गर्ने वातावरण बन्ने छैन । आम्दानीको तुलनामा खर्च अधिक बढ्ने हुँदा आर्थिक व्यवस्थापन गर्न गाह्रो हुनेछ । तर पनि भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी हुने अवसर जुर्नेछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइने वा विदेश यात्राको प्रबल सम्भावना रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । तर पनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घर परिवार तथा समाजमा तारिफयोग्य कामगरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरू फराकिला हुनेछन् । खनिज पदार्थ, खाद्यान्न तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरू खुसी हुनेछन् । नयाँ प्रेम प्रस्ताव आउनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) छोटो दूरीको यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला । आफन्त तथा अग्रजसँग मनमुटाब बढ्नेछ । तर पनि व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने थप लगानी बढाउने वातावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्य बढेर जाने तथा पति पत्नी बिच विश्वास बढेर जानेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट बिषेश सामान तथा उपहार प्राप्त हुने योग रहेको छ । पढाइकै सिलसिलामा लामो दूरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा नजिक भई रमाउने समय रहेको छ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरू फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दूरीको यात्रा हुने योग रहेको छ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कुनै पनि विवाद वा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुनु नै राम्रो रहेको छ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ । शत्रुहरूले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । स्वास्थ्यमा सामान्य समस्या आई खर्च बढ्नेछ । तर पनि भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदको विरोध
-
भन्सार शुल्क घटाउँदा पनि किन घट्यो सुन आयात ?
-
सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : मन्त्री राणा
-
इसेवा र मोबाइल बैंकिङमा समस्या
-
राजधानीमा बलात्कारपछि १७ वर्षीया किशोरीको हत्या प्रकरण : आरोपी नातेदार
-
समितिमा विचाराधीन विधेयकको विषयमा सत्तारूढ दलहरूले छलफल गर्ने