एलियान्जमा चम्किए ह्यारी केन, दोस्रो गोल गरेको २ मिनेटमै ह्याट्रिक
![एलियान्जमा चम्किए ह्यारी केन, दोस्रो गोल गरेको २ मिनेटमै ह्याट्रिक](https://npcdn.ratopati.com/media/news/kane_w55Ce2qEVe.jpg)
एजेन्सी । जर्मनीको शीर्ष फुटबल लिग बुण्डेसलिगामा शीर्षस्थ क्लब वायर्न म्युनिखले अपराजित यात्रा कायम राखेको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा वायर्नले अग्सवर्गमाविरुद्ध ३-० को स्पस्ट जित निकाल्यो । एलियान्ज रंगशालामा वार्यनका लागि ह्यारी केन एक्लै बरदान सावित भए ।
उनले यो खेलमा ह्याट्रिक नै गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो आफपछि ६३औं मिनेटमा केनले पहिलो पेनाल्टी गोल हाने । त्यसपछि अतिरिक्त समयमा दुई गोल गरे ।
९३ औं मिनेटमा व्यक्तिगत दोस्रो (पेनाल्टी) गरेका उनले २ (९५ औं) मिनेट भित्रै ह्याट्रिक पूरा गरे । बुण्डेसलिगामा अहिलेसम्म सबैभन्दा तीब्र गतिमा ५० गोल गर्नेको इतिहास समेत उनले रचेका छन् । केनले बोरुसिया डर्टमुण्डका लागि ५० गोल गर्ने एर्लिंग होल्याण्डसँग कीर्तिमान बराबर गरेका छन् ।
योसँगै उनी म्यान अफ् दी म्याच घोषित भए । जितसँगै शीर्ष स्थानको वायर्नले ११ खेलबाट २९ अंक जोडेको छ भने दोस्रो स्थानको आरबी लेपजिगको २१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने आँट गर्न सक्दैन’
-
एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्षमा नेपाली निर्वाचित
-
माओवादी केन्द्रीय विभागमा कार्य विभाजन : प्रचण्ड स्कुल, जनार्दन संगठनको कमान्डर
-
गाजा किन्ने भनाइमा अडिग छन् ट्रम्प
-
अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला
-
नायक सलोन बस्नेतको त्यो यादगार भ्यालेन्टाइन, सुनेरै पूर्व मिस नेपाल नम्रताको थामिएन हाँसो